आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

१३,६१२ कोरोना संक्रमित होम आइसोलेसनमा : स्वास्थ्य मन्त्रालय

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार ०६:४१ मा प्रकाशित (३ साल अघि) ३१० पाठक संख्या

काठमाडौं–  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

आइतबारसम्म मुलुकभर रहेका १९ हजार ९६३ सक्रिय संक्रमितमध्ये १३ हजार ६१२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार २९ जना संक्रमित होम आइसोलेसनमा छन्।

त्यसैगरी, प्रदेश १ मा १ हजार ५३८, प्रदेश २ मा ३०९, गण्डकी प्रदेशमा एक हजार ३०, लुम्बिनी प्रदेशमा ७७१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशमा ९० जना र सुदूरपश्चिम प्रदेशमा ८४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्या‌कमा उल्लेख छ ।