आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

उपत्यकामा लकडाउन हुनसक्ने

गोकर्णेश्वर खबर७ मंसिर २०७७, आईतवार २१:२२ मा प्रकाशित (३ साल अघि) १३७० पाठक संख्या

काठमाडौं, ७ मंसिर । उपत्यकामा फेरि लकडाउन घोषणा हुनसक्ने भएको छ । कोरोना भाइरसको हटस्पट बनेर अनियन्त्रित हुने खतरा बढेसँगै लकडाउनको तयारी भएको हो ।

काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ । उनीहरुले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई समेत यस्तो सुझाव दिएका हुन् । फोरमले उपत्यकामा शंकास्पद सबैको स्वाब परीक्षण गर्न र कन्ट्रयाक्ट ट्रेसिङ्ग समेत गर्न समेत सुझाव दिएको छ । महामारी अझ फैलन नदिन तीतन साता लकडाउनको आवश्यकता औल्याएको छ ।

अहिले देशको कुल कोरोना संक्रमितमध्ये आधाभन्द बढी काठमाडौं उपत्यकामा देखिनथालेका छन् । उपत्यकाका अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । आइसियू र भेन्टिलेटर भरिएका छन् । कतिपय जोखिममा परेका संक्रमित आइसियू र भेन्टिलेटर नपाएर अस्पताल बाहिर रोकिएर मृत्युवरण गर्न पुगेका घटनाहरु छन् ।

चीसो बढेसँगै निमोनियाको खतरा देखिएको छ । कोभिड १९ को जोखिम झन् बढेपछि उपत्यकामा त्रास बढेको छ । यूरोपमा चीसो बढेपछि कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यहाँ अस्पतालहरु भरिन थालेका छन् । उपत्यकामा पनि त्यस्तै अवस्था आउन नदिन मेयर्स फोरमले ध्यानाकर्षण गराएको छ ।