आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

मन्त्रि फुयालद्वारा निर्माणाधीन कपन तामाङ गुठी भवनको निरीक्षण

गोकर्णेश्वर खबर४ मंसिर २०७७, बिहीबार १८:५० मा प्रकाशित (३ साल अघि) ११५४ पाठक संख्या

काठमाडौं ,मंसिर ४ ,बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन तामाङ गुठी भवन निर्माणको निरीक्षण गरेका छन।

बागमती  प्रदेस सभा सदस्य कुसुम कुमार कार्की , बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल ,उपप्रमुख रमा राई सहित भवन  निरीक्षणमा पुगेका  मन्त्रि फुयालले भवन निर्माण अवस्थाका बारेमा जानकारी लिएका थिए।

तामाङ संस्कृति र परम्पराको संरक्षणका लागि निर्माण हुन् लागेको सो भवनका लागि प्रदेस सरकारले १३ लाख ८० हजार ,बुढानिलकण्ठ नगरपालिकाले १० लाख  ७४ हजार २७ रुपैया ,वडा स्तरीय बजेट बाट २५ लाख र गुठियारका तर्फ बाट ५ लाख रुपैया सहयोग भएको वडा नं ११ का सदस्य बिनोद कुमार तामाङले जानकारी दिएका छन।

५५ लाख ४ हजार ४७४ रुपैया ७९ पैसा कुल लागतमा निर्माण हुने सो भवन क्षेत्रमा माने र उधान पनि निर्माण हुनेछ।