आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु हुँदा २१०३ जनामा नयाँ संक्रमण

गोकर्णेश्वर खबर४ मंसिर २०७७, बिहीबार १७:३५ मा प्रकाशित (३ साल अघि) २८५ पाठक संख्या

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर १७ जना मृतक थपिएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ७६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयकाअनुसार देशभर थपिएका २ हजार १ सय ३ जनासँगै कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जनाले कोरोना जितेका छन् । देशभर कुल १ लाख ८५ हजार ६ सय ३८ जनाले कोरोना जितेका मन्त्रालयले जनाएको छ ।