आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

आज मध्यरातिदेखि ६ दिने लकडाउनको घोषणा

गोकर्णेश्वर खबर३ मंसिर २०७७, बुधबार २१:४४ मा प्रकाशित (३ साल अघि) ५८९ पाठक संख्या

काठमाडौं । अष्ट्रेलियाको साउथ अष्ट्रेलिया राज्यमा कोरोनाको नयाँ संक्रमण देखिएसँगै ६ दिने लकडाउन घोषणा गरिएको छ । साउथ अष्ट्रेलियाको एडिलेडमा नयाँ कोरानाका संक्रमित भेटिएपछि बुधबार मध्यरातिदेखि नै लागू हुने गरी ६ दिने लकडाउन घोषणा गरिएको हो ।

अधिकारीहरुले सुरुवातमा नै लकडाउन गरी संक्रमण नियन्त्रण गर्नु जरुरी रहेको भन्दै लकडाउनको घोषणा गरेका हुन् । अष्ट्रेलियाले यसअघि पनि मुलुकका विभिन्न स्थानमा फैलिएको संक्रमण नियन्त्रणको लागि आक्रामक कदम चालेको थियो । जसको कारण मुलुकभर कोरोना संक्रमण शून्यमा झरेको थियो ।

अष्ट्रेलियाका विभिन्न राज्यहरुले संक्रमण नियन्त्रणको लागि अर्थतन्त्र, सीमा र सामाजिक गतिविधिमा प्रतिबन्धको विभिन्न योजना अघि सारेका थिए । यस्तै अधिकांश अष्ट्रेलियाली राज्यहरुले साताको सुरुवातमा नै साउथ अष्ट्रेलियाका नागरिकलाई आफ्नो राज्य प्रवेशमा प्रतिबन्ध लगाएको छ ।