आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

पर्यटनमन्त्रीको प्रस्ताव : ‘विमानस्थल सुरक्षा प्रहरी’ बनाऔं

गोकर्णेश्वर खबर२ मंसिर २०७७, मंगलवार १५:४७ मा प्रकाशित (३ साल अघि) ३९४ पाठक संख्या

२ मंसिर, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् ।

‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको समते उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई हेरेर भएपनि छुट्टै सुरक्षा युनिट स्थापना गर्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय अपराधिक क्रियाकलाप र त्यसमा संलग्न संगठनहरुसँग नजिक भएका व्यक्तिहरु समेत विमानस्थलबाट आवतजावत गर्ने सम्भावना भएकाले वशिष्टिकृत तालिम प्राप्त सुरक्षा युनिटको आवश्यकता पर्ने तबाए ।