आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पछिल्लो २४ घन्टामा १४७७ जनामा कोरोना संक्रमण : २७९८ जना कोरोना मुक्त

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार १७:४० मा प्रकाशित (३ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ७ सय ९८ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमण ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २१ पुगेको छ ।