आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

रानी पाेखरीकाे बालगोपालेश्वरकाे दर्शन बिहान ५ देखि साँझ ५ बजेसम्म

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार १७:१४ मा प्रकाशित (३ साल अघि) ४०९ पाठक संख्या

काठमाडौं । वर्षमा एक दिन अर्थात भाइटीकाकाे दिन मात्र खुल्ने रानी पाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा दर्शन गर्ने समय ताेकिएकाे छ । काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म दर्शन गर्ने व्यवस्था गरिएको हाे ।

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पश्चात मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएकाे हो । उक्त स्थानमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।

यसका लागि कामपाले मन्दिर पोखरीलाई बेहुलीझैँ झिलीमिली र सुरक्षा व्यवस्था पनि गरिएको जनाएकाे छ । यस वर्ष आगामी मङ्सिर १ गते सोमबार भाइटीका परेको छ ।