आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना व्यवस्थापन उप–समितिको पहिलो बैठक सम्पन्न

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार १६:५७ मा प्रकाशित (३ साल अघि) १८९० पाठक संख्या

काठमाडौं, कार्तिक ३०।  कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका तथा शंखरापूर नगरपालिका दूारा  संचालित पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना व्यवस्थापन उप–समितिको पहिलो बैठक नर्लिंग रिसोर्टमा शुक्रबार  सम्पन्न भएको छ।

 

उक्त बैठकको उद्घाटन सत्रका प्रमुख अतिथिको रुपमा पुर्व प्रधानमन्त्री तथा  नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल रहेका थिए भने बिशेष अथितिको रुपमा संघिय सांसद कृष्ण बहादुर राइ, सरिता न्यौपाने, बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल,  बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा,काठमाडौं उपत्यका विकास प्राधिकरणक आयुक्त डा. भाइकाजी तिवारी,जिल्ला समन्वय समिति काठमाडौं प्रमुख शिब सुन्दर राज बैद्य, शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ,उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,  कागेश्वरी मनोहरा नगरपालिका उप प्रमुख बिन्दु पुडासैनी सिंखडा,लगायत जनप्रतिनिधि एबम कर्मचारीहरुको उपस्थिति रहेको थियो।

 

कार्यक्रमको अध्यक्षता कागेश्वरी मनोहरा नगरपालिका प्रमुख एबम आयोजना व्यवस्थापन उप समितिका अध्यक्ष कृष्णहरि थापाले गरेका थिए।

उद्घाटन सत्रमा प्रमुख अतिथिको रुपमा बोल्दै पुर्व प्रधानमन्त्री तथा  नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले जग्गा सरकारको स्वामित्वमा नहुदा विकास गर्न गाह्रो भएको बताए ।नेपालमा व्यक्तिको नाममा जग्गा भए पनि कतिपय देशहरुमा सबै जग्गा सरकारको नाममा हुने र व्यक्तिले चाहेमा लिजमा लिन सक्ने उनले बताए ।  अमेरिका जस्तो देशमा पनि जग्गा निजी हुदैन, सरकारको हातमा हुन्छ । त्यसो हुँदा सरकारले चाहेमा अधिग्रहण गर्न  सजिलै सक्ने  उनको भनाइ रहेको थियो  ।नेपालले दुई पटक देशको सविधान बनाउने काममा संलग्न रहँदा आफूले सबै जग्गा राज्यकै स्वमित्वमा रहने प्रावधान राख्ने प्रयास गरेको बताउदै  अहिलेको संविधानमा यस विषयलाई व्यवस्था गर्ना खोजेका थियौं तर पार लागेन  उनले भने।नेपालमा उपयुक्त भूमि प्रयोग नीति नभए सम्म  दिगो विकासमा कठिनाइ हुने  बताउदै  आवासीय, कृषि र औद्योगिक क्षेत्रका रुपमा जमिनको बर्गिकरण गर्नुपर्ने  धारणा राखेका थिए ।त्यसो भए समग्र क्षेत्रको एकीकृत विकास गर्न सहज हुने बताए।

कार्यक्रममा पूर्वी काठमाडौं नया शहरी विकास आयोजना समबन्धि प्रस्तुतिकरण गरिएको थियो ।बैठकले  तीन वटै नगरपालिका बाट  संयुक्त रुपमा मा प्रस्तावित  पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनालाई स्विकृत गरेको छ । “पूर्वी काठमाडौं जग्गा एकीकरण (ल्याण्ड पुलिङ्ग) आयोजना” संचालन गर्ने सम्बन्धमा  बैठकले क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने, डिपीआर तयार गर्ने, आयोजना क्षेत्र भित्रका कित्ताहरु हक–हस्तान्तरणका लागि कित्ताकाट गर्दा ८ आना क्षेत्रफल भन्दा कम क्षेत्रफल नहुने मात्र कित्ताकाट गर्न सम्बन्धित मालपोत कार्यालयमा रोक्काका  लागि कार्य अगाडी  बढाउने र कार्यविधि तयार गर्ने विषयमा निर्णय गरिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापाको अध्यक्षतामा आयोजित व्यवस्थापन उप–समितिको कार्यविधि, २०७६ स्वीकृत गर्ने, आयोजना कार्यालयको मुकाम तोक्ने, आयोजना व्यवस्थापन उप–समितिको सदस्य सचिव तोक्ने, आयोजनाका लागि अनुमानित बजेट तयार गरी तीनवटै नगरपालिकाबाट निकासा माग गर्ने, आयोजनाका लागि आवश्वक कर्मचारी नगरपालिकाबाट काजमा खटाईने, आयोजना संचालन हुने वडाहरुको जग्गाको चारकिल्ला निर्धारण गर्ने, आयोजना क्षेत्रका सम्बन्धित जग्गाधनी तथा मोहिहरुलाई भेला गर्ने, आयोजनाको नामबाट बैंक खाता सञ्चालन गर्ने, आयोजनाका लागि कानूनी सल्लाहकारको नियुक्ति गर्ने र बैठक भत्ता निधारण गर्ने विषयमा बृहत छलफल भई निर्णय भएको ।

 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले स्वागत मन्तब्य राख्दै कामहरु अगाडी बढाउन संस्थागतबाट स्विकृती पाइसकेको हुँदा आयोजना नरोकिने गरि अगाडी बढ्नेमा बिस्वस्त रहेको बताए  ।

यो आयोजना एक्लैले गरेर  नहुने  हुँदा  जनप्रतिनिधिसहित स्थानीयको सहयोग आवश्यक भएको बताए  ।कार्यक्रममा संघिय सांसद कृष्ण बहादुर राइ बागमती प्रदेश सभा सदस्य मणिराम फुयाल,  बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक छिरिंग दोर्जे लामा,लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा शंखरापुर नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठ धन्यबाद ज्ञापन गरेको कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले अब संस्थागत रुपमा नै काम अघि बढ्ने बताउदै  उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।