आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

‘गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा’ सार्वजनिक

गोकर्णेश्वर खबर३० कार्तिक २०७७, आईतवार ०७:११ मा प्रकाशित (३ साल अघि) ७९८ पाठक संख्या

काठमाडौं ,कार्तिक ३० । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले शनिवार चामुण्डा  मन्दिर देवीको प्रांगणमा एक कार्यक्रमका बीच “गोकर्णेश्वरका धार्मिक तथा सांस्कृतिक सम्पदा”नामक पुस्तकको लोर्कापण गरेका छन  ।

लोर्कापण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमु चालिसेले धार्मिक दृष्टिकोणले गोकर्णेश्वर नगरपालिका अत्यन्त प्रसिद्ध रहेको बताए  । नगरपालिका भित्रका धार्मिक केन्द्रहरुको विकास विस्तारलाई आफुले  उच्च प्राथमिकता दिएको नगर प्रमुख चालिसेले जानकारी  दिए ।

नगर उपप्रमुख शान्ति नेपालले गोकर्णेश्वर नगरपालिकाको वास्तविक पहिचान नै यहाँका धार्मिक धरोहरहरु रहेको उल्लेख  गरेकी थिइन् । संस्कृतिविद्प्रा ध्यापक डाक्टर ऋषिराम पोखरेल, वरिष्ठ साहित्यकार तथा पत्रकारविजय चालिसे, वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे “वेदमणि”लगायतका वक्ताहरुले संस्कृति तथा साहित्यको विकास विना समृद्ध नगरको परिकल्पना गर्न नसकिने बतए।

गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका संयोजक वरिष्ठ पण्डित दिवाकरप्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा समितिका सहसंयोजक कुलप्रसाद पुडासैनी, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नम्बर ८ का अध्यक्ष मनोज ढुंगाना, वडा नं १ का वडा अध्यक्ष राम मानन्धर  नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतका वक्ताहरुले नगरपालिकामा रहेका विविध धार्मिक गन्तव्यहरुको विकासका लागिभइरहेको गतिविधिबारे प्रकाश  पारेका थिए ।