आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कागेश्वरीमा मन्त्री फुयालले गरे काग पुजा

गोकर्णेश्वर खबर२८ कार्तिक २०७७, शुक्रबार २१:२८ मा प्रकाशित (३ साल अघि) १००० पाठक संख्या

काठमाडौं, कार्तिक २८ । काग तिहारको अवसर पारेर आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुयालले सरसफाई सहित  बिशेष काग पुजा गरिएको छ ।

उक्त कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथि , कागेश्वरी मनोहरा नगरपालिका कि उप प्रमुख  बिन्दु सिंखडा पुडासैनी , कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, वडा नं ६ का वडा अध्यक्ष प्रकाश फुयाल, वडा नं ७ का वडा अध्यक्ष जीवन थापा, नेकपा नेता विश्वराज श्रेष्ठ, काग निर्माण समितिका अध्यक्ष श्याम बहादुर लामा,लगायत    जनप्रतिनिधि र  स्थानीयको उपस्थिति रहेको थियो ।

कागेश्वरी धाममा मन्त्री फुयालको सक्रियतामा स्थापना करीब दुई सय केजीको कागको मूर्तिको फुल माला सहित पुजा गरिएको  थियो ।

नगरपालिकाको नामकरण भएको स्थान रहेकाले काग तिहारमा विशेष  पुजा गरिएको हो । सनातनदेखि नै सो स्थानमा  भाद्र शुक्ल अष्टमी र कात्तिक कृष्ण त्रयोदशीका दिन काग पूजा गर्न आउने भक्तजनको भीडलाग्ने गरेकोमा यस पटक भने कोरोना भाइरस को कारण भक्तजनको उपस्थिति नगन्य रहेको थियो। संक्षिप्त रुपमा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशकाका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले बिगतको तुलनामा कागेश्वरी धामको पूर्वाधार विकासको कामले गति लिएको बताए । कवाड दिनुहोस् तपाईँ, सम्पदा बनाउँछौँ हामी’ अभियानअन्तर्गत धार्मिक पर्यटनमार्फत् रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै कवाड संकलन जारी रहेको बताए।

लोकतान्त्रिक शहीद उद्यान गागलफेदीमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको र सो काम अन्तिम चरणमा पुगेको जानकारी गराए । उनले कागेश्वरी धाममा अझै धेरै विकास गर्न आवश्यक रहेको भन्दै  गुरुयोजना सहित काम गर्न लागिएको बताए।  उनले एक्लैले कुनै पनि काम सम्पन्न गर्न सम्भब नहुने हुँदा स्थानीयको सहयोग आवश्यक रहेको पनि बताउदै कागेश्वरीमा राखिएको अष्ट धातुको काग स्थानीयको सहयोगकै कारण सम्पन्न भएको उदाहरण दिएका थिए । उनले तीनै तहका सरकार संगको समन्वयमा विकास निर्माणका काम गर्दै जाने बताए ।