आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं जर्नी र मितेरी महिला विकास समूहद्वारा रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२८ कार्तिक २०७७, शुक्रबार १५:४४ मा प्रकाशित (३ साल अघि) ५६६ पाठक संख्या

काठमाडौँ, कार्तिक २८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले मितेरी महिला विकास समूह संगको सहकार्यमा आकस्मिक रक्तदान तथा मधुमेह सचेतना  कार्यक्रम  सम्पन्न गरेको छ ।

 

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर कार्तिक २७ गते बिहिबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित भगवती मन्दिर परिसरमा स्वास्थ्य मापदण्ड पुरा गरि  सुरक्षित तवरले आयोजना भएको उक्त रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेको थिए।

 

सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लब अफ काठमाडौं जर्नीले महिला विकास समूह संगको सहकार्यमा    सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमको साथै मधुमेह परिक्षण समेत गरेको थियो जसमा  २१५ जनाले मधुमेह परिक्षण गराएका थिए  ।

 

 

उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, क्याबिनेट सेक्रेटरी लायन  बिमल कुमार श्रेष्ठ,  क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब  ब्लड चिफ लायन बिनोद कुमार श्रेष्ठ,एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट,  इभेन्ट म्यानेजमेन्ट चिफ लायन जयराम बिष्ट, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ति नेपाल , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा सदस्य जयराम महत यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो।