आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

गोकर्णेश्वर नगरपालिका २ नयांपाटीमा गलमटी खानेपानी ट्याङ्की तथा धारा उदघाटन

गोकर्णेश्वर खबर२७ कार्तिक २०७७, बिहीबार १४:५३ मा प्रकाशित (४ साल अघि) १२५५ पाठक संख्या

काठमाडौं ,कार्तिक २६  । गोकर्णेश्वर नगरपालिका  वडा नं २ नयापाटीमा  गलमटी बृहत् खानेपानीको ट्याङ्की तथा धाराको उदघाटन भएको छ। बुधबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले उक्त खानेपानी  ट्यांकी तथा धाराको उद्घाटन गरेका हुन।

 

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्री , ट्यांकी  निर्माण उपभोक्ता समितिका अध्यक्ष सुदन क्षेत्री  लगायत जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको अध्यक्षता गलमटी खानेपानी समितिका अध्यक्ष मिन बहादुर तामाङले गरेका थिए ।

ट्यांकी निर्माणको लागि समाज सेवी श्रीधर भण्डारीले जग्गा उपलब्ध गराएका थिए ।

गलमटी खानेपानी समिति मार्फत गोकर्णेश्वर नगरपालिका द्वारा विनियोजित ४३ लाखको लागतमा  करिब १ लाख क्षमताको  ट्यांकी निर्माण गरिएको हो।  सो खानेपानी बाट करिब  १६० घर धुरी लाभान्वित हुने बताइएको छ । यो संगै सो भेगका ८० प्रतिशत जनताले खानेपनिको माग पुरा हुने बिश्वास लिएको छ  ।