आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बागमती प्रदेश, देशभरका १४ जिल्ला रेड जोनमा !

गोकर्णेश्वर खबर२७ कार्तिक २०७७, बिहीबार ०७:०४ मा प्रकाशित (३ साल अघि) ४९५ पाठक संख्या

काठमाडौं । देशभर कोरोना संक्रमणको दर बढिरहेको छ । जाडो मौसम सुरु भएसँगै कोरोना संक्रमणको खतरा बढेकाले देशभर अहिले १४ वटा जिल्ला संक्रमणको रेड जोनमा रहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एउटा जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लालाई रेड जोनको रुपमा मान्दै आएको छ । मन्त्रालयकाअनुसार ५ सयभन्दा बढी संक्रमित १४ वटा जिल्लामा रहेका छन् ।

जसमा सबैभन्दा बढी बागमती प्रदेशका जिल्ला रहेका छन् । बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेपलान्चोक रहेका छन् ।

काठमाडौं जिल्लामा अहिले १६ हजार ६ सय ८६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै भक्तपुरमा १ हजार २ सय २४, ललितपुरमा २ हजार ३ सय ५०, चितवनमा १ हजार ५ सय १७, मकवानपुरमा ५ सय ८ र काभ्रेपलान्चोकमा ८ सय ३६ रहेका छन् ।

काठमाडौं देशभर सबैभन्दा बढी संक्रमित रहेको जिल्ला हो । त्यस्तै १ नम्बर प्रदेशमा झापा, मोरङ र सुनसरी रहेको छ । झापामा ९ सय ५२, मोरङमा २ हजार ४१ र सुनसरीमा १ हजार ३ सय ९४ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमणको सुरुवातको समयमा संक्रमणको केन्द्रको रुपमा रहेको २ नम्बर प्रदेशमा भने अहिले रेड जोनमा कुनै जिल्ला छैनन् । त्यस्तै कर्णाली प्रदेशमा पनि रेड जोनमा कुनै जिल्ला छैैन ।

गण्डकी प्रदेशमा २ वटा जिल्ला कास्की र नवलपरासी पूर्व रहेका छन् । कास्कीमा १ हजार ५ सय ६८ जना सक्रिय संक्रमित रहेके छन् । यस्तै नवलपरासी पूर्वमा ५ सय ३४ जना रहेका छन् ।

प्रदेश नम्बर ५ मा २ वटा जिल्ला दाङ र रुपन्देही रेड जोनमा रहेका छन् । दाङमा ६ सय ३९ र रुपन्देहीमा १ हजार १ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् । सुदूरपश्चिम प्रदेशको कैलालीमा ५ सय ४० जना रहेका छन् ।