आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ द्वारा स्वास्थ्य सामग्री प्रदान

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार १९:२७ मा प्रकाशित (३ साल अघि) ६६४ पाठक संख्या

काठमाडौं, कार्तिक २६। नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ ले विपदमा नेपाल तरुण दल अभियान अन्तर्गत अक्सोमिटरसहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नयबस्ती युवा क्लबमा आज आयोजित एक कार्यक्रममा बीच नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जङ बस्नेतको प्रमुख आतिथ्यमा उक्त सामग्री वितरण गरिएको हो।

सो कार्यक्रममा बिशेष अतिथिको रुपमा  नेपाली काग्रेस संसदीय दल बागमती प्रदेशका  सचेतक छिरिंग दोर्जे लामा ,नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य एबम नेपाली कांग्रेसका महासमिति सदस्य  विमल ठकुरी ,नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष एवं नेपाली काँग्रेस महासमिति सदस्य कृष्ण जि खड्का, नेपाल तरुण दल काठमाडौं क्षेत्र नं ३ का सचिब जयराज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जित जङ बस्नेत, बिशेष अतिथि नेपाली काग्रेस  संसदीय दल बागमती प्रदेशका सचेतक छिरिंग दोर्जे लामा ,नेपाली कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य एबम नेपाली कांग्रेसका महासमिति सदस्य  विमल ठकुरी लगायतले अमेरिका निबासी गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सल्लाहकार तथा नेपाली कांग्रेस महासमिती सदस्य हरिबोल भण्डारी द्वारा उपलब्ध गराएका ६६ थान अक्सोमिटर, १५ हजार थान सर्जिकल माक्स काठमाडौं निर्वाचन क्षेत्र नं ३ भित्र सक्रिय रहेका १६ वटा सामाजिक संघ संस्थाहरुलाई वितरण गरिएको थियो ।