आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

गोकर्णेश्वर महादेव मन्दिरमा क्षमा पुजा

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार १९:१२ मा प्रकाशित (३ साल अघि) १२८८ पाठक संख्या

काठमाडौं कार्तिक २६  ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ को संयोजनमा आज कोरोना विशेष क्षमा पूजाको साथै  दिपावली तथा छठ पर्वको शुभकामना आयोजना गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतीथीको रुपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ,  बिशेष अथितिमा गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,  गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना,  वडा नं १ का वडा अध्यक्ष राम मानन्धर, ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी, ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, ६ का वडाअध्यक्ष रमेश अर्याल ७ का वडा अध्यक्ष केशब गुरुङ,वडा नं ९ का वडा अध्यक्ष राजिब थापा , गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, धार्मिक समिति संयोजक दिवाकर भण्डारी मन्दिरका मूल भट्ट जगदीश चन्द्र भट्ट  छाना निर्माण समितिका अध्यक्ष कोमल बहादुर बिष्ट, सुनौलो पाइला की अध्यक्ष रोज बिष्ट , उन्नाती महिला समूह मकालबरी की अध्यक्ष रबिन पौडेल  लगायत कार्यपालिका सदस्य सहित वडा सदस्यहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ४ का  वडा सदस्य जयराम महतले गरेका थिए।

क्षमा पूजाको उद्घाटन सत्रमा  कान्तिभैरव गुरुकुलका बटुकहरुले बौद्धिक मंत्रोच्चारण गरेका थिए । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर महादेव मन्दिरका मूल पुजारी जगदीश चन्द्र भट्टले मन्दिरकै नामबाट नगरपालिकाको नामाकरण भएको सो महादेव मन्दिरमा कोरोना सुरू भए यता नित्य पूजा बाहेक कुनै ठुलो पूजा नगरिएको बताए ।

कार्यक्रममा सम्पूर्ण वडाअध्यक्षहरुको तर्फ बाट गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले शुभकामना मन्तब्य  राखेका थिए ।

उक्त बिशेष क्षमा पुजा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले क्षमा पुजाले मात्र कोरोना संक्रमण नियन्त्रणमा आइ हाल्ने त होइन तर नेपालमा बहु संख्याक हिन्दु छन, हिन्दु भएको नाताले हाम्रा धेरै धार्मिक बिस्वास रहेको हुँदा त्यो धार्मिक बिश्वासलाइ मान्नु पर्ने बताए।

उनले पहिले हाम्रा पुर्खाहरुले महामारीको समयमा महामारी कम गर्न क्षमा पुजा गर्ने गरेको बताउदै कोरोना महामारीको बेलामा क्षमा पुजा त परै जावस कतिपय मन्दिरहरुमा नियमित पुजा समेत रोकिएको बताए। उनले गोकर्णेश्वर नगरपालिकाको  नामकरण  समेत सोहि मन्दिरको नाम बाट भएको हुँदा कोरोना बिशेष क्षमा पुजा गरेको बताए।  उनले कोरोना संक्रमण न्यूनीकरण होस् र संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै आउदै गरेको दिपावली छठ लगायतको पर्वहरु  सचेत  एबम सुरक्षित हुदै मनाउन आग्रह सहित शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का  वडा सदस्य जयराम महतले उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।