आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका कार्यक्रमहरु

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार १८:३१ मा प्रकाशित (३ साल अघि) ३६० पाठक संख्या

काठमाडौं ,कार्तिक २६। गोकर्णेश्वर नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विभिन्न योजना तथा कार्यक्रमहरु प्रस्ताव गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाका ९ वटै वडाहरुमा विभिन्न कार्यक्रमहरु प्रस्तावित गरिएका हुन्।

सो कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ६ योजना ,वडा नं २ मा ६ योजना, वडा नं ३ मा ५ योजना ,वडा नं ४ मा  ५ योजना ,वडा नं ५ मा ६ योजना ,वडा नं ६ मा ४ योजना ,वडा नं ७ मा २ योजना ,वडा नं ८ मा ३ योजना र वडा नं ९ मा ४ योजना रहेका छन।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिकामा शिक्षा ,सरसफाई ,ड्रेन निर्माण,जलाधार क्षेत्रको मर्मत तथा संरक्षण सहित विभिन्न भौतिक निर्माणका योजना रहेका छन।