आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

प्रधानमन्त्री ओली बुधबार चीनसँगको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार ०६:४६ मा प्रकाशित (३ साल अघि) ४९९ पाठक संख्या

प्रधानमन्त्री केपी ओली आज पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका निरीक्षण्का लागि जाँदैछन् ।

प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका-१ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले झण्डै एक वर्षअघि त्यहाँ स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन सँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्रिदेशीय (भारत, नेपाल र चीन) छोएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण कोशी राजमार्ग, नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्नेछन् ।

संखुवासभा पुगेका बेला प्रधानमन्त्री ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनसमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली बुधबार दिनभर संखुवासभामा रहने छन् । सचिवालयका अनुसार बिहान ८ बजेदेखि दिउँसो साढे ३ बजेसम्मका लागि कार्यक्रम तय भएका छन् ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र केही सांसद संखुवासभा जाँदैछन् ।