आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नजिक

गोकर्णेश्वर खबर२६ कार्तिक २०७७, बुधबार ०६:३८ मा प्रकाशित (३ साल अघि) ४५७ पाठक संख्या

काठमाडौं । कात्तिक २५ गतेका दिनमा  थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११४८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ६० हजार ५७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ८५३ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ३५ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ७३४ जना होम आइसोलेसनमा छन् भने ४०४ जनाको आईसीयू र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२० संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जना छन् ।

यस्तै चितवनका १६८, काभ्रेका १०१, कास्कीका ९४, झापाका ९३, रुपन्देहीका ८८, सुनसरीका ७८, कैलालीका ५४, मोरङका ४७, दाङका ४५, नवलपुरका ४१, बर्दियाका ३१, गुल्मीका २७, दोलखाका २४, नुवाकोट, पाल्पा र बाँकेका २२/२२ जना, गोरखाका २१, सिन्धुपाल्चोक र स्याङजाका २०/२० जना, बाराका १९, कञ्चनपुरका १८, धनुषा र सप्तरीका १६/१६ जना, नवलपरासीका १५, सिराहाका १४, महोत्तरीका १३, मकवानपुरका १२ तथा धनकुटा, सर्लाही, कपिलवस्तुका ११/११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रोल्पा र बझाङका १०/१० जना, सिन्धुलीका ९, लमजुङ र बाग्लुङका ८/८ जना, तनहुँका ७, धादिङ, रामेछाप र पर्वतका ६/६ जना, उदयपुर, ओखलढुंगा, पर्सा र दैलेखका ५/५ जना, रौतहट, म्याग्दी, अर्घाखाँची, प्युठान, सुर्खेत र डडेलधुरााकका ४/४ जना, खोटाङ, पाँचथर, भोजपुर, अछाम, दार्चुला र बैतडीका ३/३ जना, इलाम, तेह्रथुम र सल्यानका २/२ जना तथा ताप्लेजुङ, रुकुम पूर्व, हुम्ला र डोटीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।