आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

हामी नेपाली “क्यानाडा ” शाखा गठन, अध्यक्षतामा हरि शिवाकोटी

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०८:३७ मा प्रकाशित (३ साल अघि) ६५८ पाठक संख्या

क्यानाडा  – धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था “हामी नेपाली ग्लोबल”ले विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने उदेश्य बोकेको हामी नेपाली ग्लोबलले “क्यानाडा ” मा पनि आफ्नो शाखा  गठन गरेको छ ।

कोरोना भाइरसको उच्च जोखिम कारण शुक्रबार ७ नोभेम्बर  २०२० , मा भर्चुअल वैठकबाट हामी नेपाली “क्यानाडाको समिति चयन गरेको  हो।

“क्यानाडा ” शाखामा हरि शिवाकोटीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

कार्य समितिमा हामी नेपाली क्यानाडा ” शाखाबाट

उपाध्यक्ष: गीता ढकाल 

महासचिबः अर्पण थपालिया

सचिबः चेतन रिमाल 

कोषाध्यक्षः निलु थापा 

सदस्यः कविता बिमली 

सदस्यः विजय कार्की 

सदस्यः श्रीकृष्ण फुयाल 

सदस्यः नवराज पाण्डे  लगाएतको समिति गठन भएको छ ।

 

सस्थाले क्यानाडा लगत्तै अब अष्ट्रेलिया, जापान ,स्पेन, साइप्रस, पोर्चुगल, कतार , युके, युएई , बहराइन, ओमन , इजरायल , साउदी ,  यी देशहरुमा आफ्ना शाखा गठन गर्ने तयारी रहेको छ।

हामी नेपाली ग्लोबल न्युयोर्क , अमेरिकाको अध्यक्ष अमृत लामाले जानकारी दिनु भएको छ।