आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कुवेतमा झुन्डिएको अवस्थामा नेपालीको शव फेला

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०६:४० मा प्रकाशित (३ साल अघि) ६८१ पाठक संख्या

दोहा- कुवेतमा एक नेपालीले आत्माहत्या गरेका छन् ।

सिन्धुलीका सम्पथ अधिकारी शव कुबेतको महाबुल्लास्थित कम्पनीकै आवास गृहमा झुण्डिएरको अवस्थामा फेला परेको हो ।

विगत १० वर्षदेखी कुवेतको एसटिएसजीमा कम्पनीमा काम गर्दै आएका उनले आत्महत्या गर्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतकको परिवारसँग पनि सम्पर्क हुन् नसकेको दूतावासले  जनाएको छ । परिवार सम्पर्कमा आउन साथ कम्पनीसँग समन्वय गरेर शव नेपाल पठाइने दूतावासले जनाएको छ ।