आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १७:२७ मा प्रकाशित (३ साल अघि) ३७२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।

लक्षणसहितका संक्रमितको संख्या बढ्न थालेसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सरदर संख्या पनि बढ्दो क्रममा रहेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना कोरोना मुक्त भएका छन् ।