आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १५३३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १७:२३ मा प्रकाशित (३ साल अघि) २८७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये आधाभन्दा धेरै संख्या देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार २ सय ९४ जना, भक्तपुरमा ७७ जना र ललितपुरमा १ सय ६२ जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।