आज: १५ मंसिर २०७७, सोमबार | Mon, 30, Nov, 2020

नेपालमा पछिल्लो २४ घन्टामा २८१७ जनामा कोरोना संक्रमण : २८१२ जना कोरोना मुक्त

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १७:१५ मा प्रकाशित (३ हफ्ता अघि) ४८ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा २ हजार ८ सय १२ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय १८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५७ हजार ९ सय २६ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा २१ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।