आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी !

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार १५:०६ मा प्रकाशित (३ साल अघि) १४६३ पाठक संख्या

काठमाडौं । कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारले तयारी गरेको छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता लाइएको छ ।

शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक बन्नुपर्नेमा अझै हुन नसकेको बताएका छन् । कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । अब निमित्तको जिम्मेवारी पनि शाक्यले पाउने प्राधिकरण स्रोतले जनाएको छ ।