आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

बेशीगाउ महिला समुहद्वारा पसल सञ्चालनमा

गोकर्णेश्वर खबर२३ कार्तिक २०७७, आईतवार ०७:१३ मा प्रकाशित (३ साल अघि) १७७१ पाठक संख्या

काठमाडौँ , गोकर्णेश्वर नगरपालिका वडा  ८  स्थित बेशॆगाउमा रहेका बेशीगाउ महिला समुहले  पुजा सामाग्री तथा लत्ताकपडा पसल सञ्चालनमा ल्याएका छन् ।

हाम्रो धार्मिक परम्परा जोगाउनेको साथै महिलाहरुको कला – सीप  घरमै सिमित नहोस , त्यो सीप र कलालाइ प्रदर्शन गर्ने उदेश्यले पसल सञ्चालनमा ल्याएका सचिव तारा देवी फुयाल गोकर्णेश्वर खबरलाई बताइन।

पसलको गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा  ८ का अध्यक्ष मनोज कुमार ढुंगानाले शनिबार उद्घाटन गरेका हुन् । पसल उद्घाटन गर्दै अध्यक्षले स्थानीय स्तरमा उत्पादन भएका दैनिक उत्पादनलाई प्राथमिकतामा राखेर विक्री वितरण गर्न आग्रह गरे र बधाईको साथै सफलताको शुभकामना दिए।

उक्ता कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रवक्ता तथा वडा  ८ का अध्यक्ष मनोज कुमार ढुंगाना , वडा सदस्य नन्दलाल श्रेष्ठ , समाज सेवी भावना ठकुरी , समाजसेवी याङजी लामा योञ्जन , प्रगतिशिल महिला समुहकी अध्यक्ष लक्ष्मी पुडासैनी , समाज सेवी राजेश दहाल लगायत महिला समुहका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।