आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु

गोकर्णेश्वर खबर२१ कार्तिक २०७७, शुक्रबार १७:१३ मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ४ हजार ५ सय जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।