आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित बिभिन्न संघ सस्थाले शनिबार रक्तदानको साथै मधुमेह कार्यक्रम गर्ने

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार २१:४२ मा प्रकाशित (३ साल अघि) ९७९ पाठक संख्या

काठमाडौं  / लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित बिभिन्न संघ सस्थाको सहकार्यमा बृहत रक्तदानको साथै मधुमेह कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगत अभावका कारण समस्या उत्पन्न नहोस भनेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको  GMT District Coordinator  लाइन धर्म शरण श्रेष्ठले गोकर्णेश्वर खबरलाई  बताए।

लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर सहित माकलबारी टोल सुधार समिति लगायत  संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्तिक २२ गते शनिबार  (7 th November 2020 )  गोकर्णेश्वर नगरपालिका माकलबारी स्थित सानो पुलमा रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराए  ।

उनले रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा बिहीबार ९ : ०० बजे  हुने उक्त रक्तदान कार्यक्रममा रक्तदान  गर्न इच्छुक महानुभाबहरुले नाम टिपाउन पनि अनुरोध गरेका छन ।