आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा १,३९८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार १७:०७ मा प्रकाशित (३ साल अघि) २४६ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा देशभरका संक्रमितमध्ये झण्डै आधा संख्या देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना संक्रमण भएको छ ।

काठमाडौंमा १ हजार ९१ जना, भक्तपुरमा १ सय ४७ जना र ललितपुरमा १ सय ६० जनासहित पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।