आज: १२ मंसिर २०७७, शुक्रबार | Fri, 27, Nov, 2020

आज थपिएका ३,०५१ जना कोरोना संक्रमित कुन जिल्लाका कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार १६:५५ मा प्रकाशित (३ हफ्ता अघि) ६१ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा ३ हजार ५१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ५१ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । संक्रमितमध्ये १ लाख ४८ हजार ४ सय ८ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ ।