आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

स्याटेलाइट टेलिभिजन प्रशारण हुने

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार १६:३१ मा प्रकाशित (३ साल अघि) ७७५ पाठक संख्या

वाग्मती । वागमती प्रदेशको राजधानी हेटौडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रशारण हुने भएको छ । करिब रु ५ करोडको लागतमा सञ्चालनमा ल्याउन लागिएको सो टेलिभिजनको सञ्चालनका लागि सूचना तथा सञ्चार प्रविधि मंत्रालय,सूचना तथा प्रशारण विभागवाट अनुमति समेत प्राप्त भइसकेको बताइएको छ ।

श्री सर्वोत्कृष्ट मिडिया प्रालिद्वारा नेशनल गोल्ड स्याटेलाइट टेलिभिजन सञ्चालनमा ल्याउने तयारी भएको सो प्रालिले जनाएको छ । टेलिभिजनका प्रबन्ध निर्देशक उज्जवल चौलागाईँले तिहारसम्म २४ घन्टा प्रशारण हुने गरी तयारी भएको जानकारी दिए ।

उनले अत्याधुनिक उपकरणको प्रयोग गरि सञ्चालन हुने सो टेलिभिजनको काठमाडौँ र हेटौडामा स्टुडियो स्थापना गरी सञ्चालन गरिने बताए । विशेष समाचार तथा समाचार मूलकलाई जोड दिइने बताइएको छ । रासस