आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

विश्वभर कोरोना संक्रमणबाट एकैदिन ९ हजारभन्दा बढीको मृत्यु

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार १०:३७ मा प्रकाशित (३ साल अघि) ४६८ पाठक संख्या

काठमाडौ  – कोरोना भाइरसको संक्रमणले विश्वभर एकैदिन अहिलेसम्मकै धेरै ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५४ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ लाख ३० हजार १०१ पुगेको छ ।

युरोपेली मुलुकमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ९२८ जनाको मृत्यु भएको छ । योसँगै युरोपेली मुलुकमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ८९ हजार ७४८ पुगेको छ ।

संक्रमणको दोस्रो लहर फैलदै गएपछि युरोपमा फेरि संक्रमित र मृतक संख्या बढ्दै गएको हो ।
विश्वभर एकै दिन ५ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा युरोपका मात्रै २ लाख ८९ हजार ७४८ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ६८ हजार ८६५ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ ।

संक्रमितमध्ये ३ करोड ४६ लाख ६५ हजारभन्दा बढी निको भएका छन् । उपचार गराइरहेका १ करोड २५ लाख १६ हजार ७३१ मध्ये ८९ हजार २१६ को अवस्था गम्भीर छ ।