आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धमा कार्तिक  १८ गते सम्ममा ८२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

गोकर्णेश्वर खबर२० कार्तिक २०७७, बिहीबार ०६:४९ मा प्रकाशित (३ साल अघि) ५४३ पाठक संख्या

काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं ६ बौद्धले कार्तिक  १८ गते सम्मको कोरोना अपडेट  सार्वजनिक गरेको छ ।

जस अन्तर्गत कार्तिक १८ गते थप १२ जनामा कोरोना संक्रमण भेटिएको अध्यक्ष दिपेन्द्र लामाले जानकारी गराए ।

योसँगै अहिलेसम्म  काठमाडौं महानगरपालिका वडा नं ६ मा ३९० जना महिला र ४३९ जना पुरुष गरि कुल ८२१ जना संक्रमित भेटिएको जनाइएको छ।

२४३ जना होम आइसोलेसनमा,१४ जना अस्पतालकोआइसोलेसन रहेको र ५६२ जनाले कोरोना जितेको पनि जानकारी गराए । हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी गराएका छन ।