आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

होम आइसोलेसनमा बस्नेहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १७:४१ मा प्रकाशित (३ साल अघि) ३२३ पाठक संख्या

१९ कात्तिक, काठमाडौं । सरकारले होम आइसोलेसेनमा बसेका संक्रमितहरुलाई परामर्श दिने जिम्मा ल्याबलाई दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुले टेलिकाउन्सिलिङ (टेलिफोनमार्फत परामर्श) दिनुपर्ने निर्णय गरेको हो । ल्याब सञ्चालन गर्ने अस्पताल वा मेडिकल कलेजले आफैं र अरुले सरकारी वा निजी अस्पतालसँग समन्वय गरी परामर्श दिने व्यवस्था गर्नुपर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका तथ्यांकअनुसार हाल ३० हजारभन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

होम आइसोेलेसनको अनुमति दिँदा स्थानीय तहका स्वास्थ्यकर्मीहरुले निगरानी गर्ने निर्णय भएको थियो । तर यो कार्यान्वयन हुन सकेन । अब प्रयोगशालाको जिम्मामा छाडिएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताललाई ३०० वेडको कोभिड अस्थायी अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय पनि भएको छ ।