आज: १५ मंसिर २०७७, सोमबार | Mon, 30, Nov, 2020

कोरोनाबाट अहिलेसम्मकै धेरै मृत्यु : पछिल्लो २४ घन्टामा ३० जनाको ज्यान गयो

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १६:४३ मा प्रकाशित (३ हफ्ता अघि) ५४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ३० जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा कोरोना संक्रमणबाट एकदिनमा मृत्यु भएको सबैभन्दा धेरै मृत्यु हो । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १ हजार ३४ पुगेको छ ।

देशैभर पछिल्लो २४ घन्टामा ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ३ हजार ८ सय ४४ जना कोरोना मुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका ३ हजार ३ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । संक्रमितमध्ये १ लाख ४४ हजार ९ सय ७८ जना कोरोना मुक्त भएका छन् ।