आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवणे

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १६:२३ मा प्रकाशित (३ साल अघि) ४३५ पाठक संख्या

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।

भारतीय सेनाको विशेष विमानबाट उनी यहाँ आइपुगेका हुन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे नेपाल आएका हुन्।

उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ।

नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।

उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।

करिब ७० वर्षदेखि नेपाल-भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो।

सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। तर, बन्दाबन्दीका कारण उनको भ्रमण रोकिएको सेनाको भनाइ छ।

नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।