आज: १२ मंसिर २०७७, शुक्रबार | Fri, 27, Nov, 2020

बौद्धबाट पक्राउ परे पुण्य गौतम

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १३:०१ मा प्रकाशित (३ हफ्ता अघि) २९८ पाठक संख्या

शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति गौतमलाई नियन्त्रणमा लिएको हो । गौतमले विभिन्न च्यानलमार्फत असामान्य क्रियाकलाप गर्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताउनुभयो । गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । रासस