आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो,आजै २० जनाको मृत्यु

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १७:१७ मा प्रकाशित (३ साल अघि) ६८० पाठक संख्या

काठमाडौं – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ।

पछिल्लो २४ घण्टामा मृतक थप २० मा कोरोना पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

यसैबीच मंगलबार थप ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा संक्रमण भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार १४२ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ४१ हजार १३४ पुगेको मन्त्रालयले जनाएको छ।