आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

सरकारको बेइज्जत भयो भन्दै निशुल्क खाना बितरणमा रोक

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार ०८:३१ मा प्रकाशित (३ साल अघि) ६९६ पाठक संख्या

काठमाडौं । काठमाडौं नगरपालिकाले सडकमा खाना खुवाउने अभियानलाई रोक्न आदेश दिएको छ । काठमाडौं नगर प्रहरीले खाना खुवाउँदै आएका अभियन्तालाई फोन गरेर अबदेखि खाना नखुवाउन भनेको अभियन्ता दिपेश धुन्जुले बताए । नगर प्रहरी महाशाखाका प्रमुख धनपति सापकोटाले फोन गरेर ‘माथिबाट आदेश आएकोले सडकमा खाना नखुवाउनु’ भनेर आदेश दिएको अभियन्ताले बताएका छन । सडकमा खाना खुवाउँदा सरकारको बेइज्जत भयो भन्दै महानगरले खाना वितरणमा रोक लगाएको उनीहरुको भनाइ छ । चैत्र १४ बाट हन्ड्रेड गु्रपले सुरु खाना वितरण सुरु गरेको थियो । महालक्ष्मीथान, पशुपति, खुल्लामञ्च लगायत झन्डै दर्जन मठमन्दिरमा उनीहरुले निःशुल्क खाना खुवाइरहेका छन् । अहिले दैनिक रुपमा लगभग हजार जनाले उनीहरुले वितरण गरेको खाना खान्छन् । आठ महीनादेखि उनीहरुले निरन्तर खाना ख्वाउदै आएका छन