आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

मुकेश चौरसिया हत्यामा संलग्न रहेको आरोपमा थप एक पक्राउ

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार १०:१६ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

काठमाडौं  – नेकपा पर्साका कार्यकर्ता ३४ वर्षीय मुकेश चौरसिया हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ।

यसअघि दुई जना पक्राउ परेका थिए।

पर्सा विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ मधवलका ३२ वर्षीय निरंजन तिवारी उत्तमलाई प्रहरीले पक्राउ गरेको हो। पीडित परिवारले दिएको जाहेरीमा चौरसियालाई बाँसको भाटा प्रहार गर्नेमा तिवारीको नाम पनि छ।

आइतबार पक्राउ परेका उनलाई जिप्रका पर्सामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेकपाका दुई पक्षबीच भएको झडपमा चौरसिया घाइते भएलगत्तैदेखि उत्तम फरार रहेको प्रहरीको भनाइ छ।

लुकीछिपी बसेको अवस्थामा प्रहरीले आइतबार उत्तमलाई वीरगञ्ज महानगर वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको जनाएको छ।

गत कात्तिक ६ गते विन्दवासिनी वडा नम्बर ५ प्रसौनी गाउँमा पार्टी प्रवेश गरेका कार्यकर्तालाई सपथ खुवाउने कार्यक्रममा नेकपाका दुई पक्षबीच झडप भएको थियो।

सो क्रममा बाँसको भाटाको प्रहारबाट चौरसिया गम्भीर घाइते भएका थिए। उनको टाउकोमा बाँसले प्रहार गरेको भिडिओ नै सार्वजनिक भएको थियो।

उक्त घटनामा प्रहरीले पीडित पक्षको जाहेरी लिन नमानेपछि सरकारी वकिल कार्यालयबाट १२ जनाविरूद्ध जाहेरी दर्ता भएको थियो।