आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार ०९:४७ मा प्रकाशित (३ साल अघि) ५०७ पाठक संख्या

चितवन –  भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो।

भरतपुर–१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो।

उपचारका सबै उपायहरु गर्दा गर्दै सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका–३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए।

जिल्ला स्वास्थ्य कार्यालय चितवनकाअनुसार जिल्लामा कोरोना संक्रमणका कारण अहिलेसम्म ६४ जनाको मृत्यु भइसकेकोे छ।

अहिलेसम्म चार हजार ४ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये १६ सय जना उपचारकै क्रममा छन्।