आज: १२ मंसिर २०७७, शुक्रबार | Fri, 27, Nov, 2020

तीनकुने पुलमुनि पुरुषको शव भेटियो

गोकर्णेश्वर खबर१७ कार्तिक २०७७, सोमबार ०६:०० मा प्रकाशित (३ हफ्ता अघि) ६७ पाठक संख्या

काठमाडौं । काठमाडौंको तिनकुनेमा बागमती नदीको पुलमुनि एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

टिसर्ट र हाफ पेन्ट लगाएका व्यक्तिको शव  कम्तीमा पनि ५ दिन पुरानो रहेको प्रहरीको अनुमान छ ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । ती व्यक्तिको पहिचान गर्ने र मृत्युको विषयमा अनुसन्धान गर्ने काम सुरु भइरहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।