आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024

लाइन्स क्लब अफ काठमाडौ गोकर्णेश्वरको २४औ चार्टर नाईट सम्पन्न

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार २२:२५ मा प्रकाशित (३ साल अघि) ६९३ पाठक संख्या

काठमाडौ  , लाइन्स क्लब अफ काठमाडौ गोकर्णेश्वरको २४औ चार्टर नाईट सम्पन्न भएको छ । स्थापना दिवस शनिबार गोकर्णेश्वर नगरपालिका वडा  ८ स्थित मकालबारीको  GG Travelodge & Restaurant मा सम्पन्न भएको हो।

कार्यक्रममा डिष्ट्रिक गभर्नर पीएमजेफ लायन टंक बहादुर श्रेष्ठ, सेकेण्ड भिडिजी पीएजेएफ लायन कर्म  गुरुङ ,क्याब्नेट टेचर एमजेफ लायन श्याम कुमार यादव, चिफ एओजी लायन बिष्णु भाई श्रेष्ठ ,chief Mylion /mylci एमजेफ लायन रमेश लामा , सेनियर एओजी लायन राज कृष्ण श्रेष्ठ , Region लायन पूर्ण बहादुर तामाङ , chief Clothes  bank Er  एमजेफ लायन धुर्व कुमार श्रेष्ठ , Assign Region लायन विजय कुमार श्रेष्ठ , लायन छिरिङ्ग शेर्पा , लायन धर्म शरण श्रेष्ठ , लायन सुमन तिवारी , लियो क्लबका सदस्यहरु लगायत उपस्थिति रहेको थियो।

कार्यक्रममा डिष्ट्रिक गभर्नर पीएमजेफ लायन टंक बहादुर श्रेष्ठ, सेकेण्ड भिडिजी पीएजेएफ लायन कर्म  गुरुङ ,क्याब्नेट टेचर एमजेफ लायन श्याम कुमार यादव, चिफ एओजी लायन बिष्णु भाई श्रेष्ठ ,chief Mylion /mylci एमजेफ लायन रमेश लामाले शुभ कामना व्यक्त गर्नुभएको थियो भने लाइन्स क्लब अफ काठमाडौ गोकर्णेश्वरका पे्रसिडेन्ट सुमन तिवारीले कार्यक्रमको सभापतित्व गरेको थियो। कार्यक्रम सञ्चालन लायन धर्म शरण श्रेष्ठले सञ्चालन गरेको  थियो ।

चार्टर नाईटमा वर्थडे केक काटेर खुशियाली मनाईएको थियो ।