आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

नवलपरासीमा होम आइसोलेसन बसेका २ कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार १०:२५ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

पूर्वी नवलपरासी – होम आइसोलसनमा बस्दै आएका पूर्वी नवलपरासीका दुई जना कोरोना भाइरस संक्रमित मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का ६७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिए ।

उनकाअनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।