आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कतारमा १४३ नेपालीले गरे रक्तदान

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०७:३३ मा प्रकाशित (३ साल अघि) ४७५ पाठक संख्या

दोहा- कतारमा १४३ जना नेपालीले रक्तदान गरेका छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा हमाद मेडिकल कर्पोरेसनमा १४३ नेपालीले रक्तदान गरेको गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कोरोना भाइरसको महामारीमा पनि रक्तदानमा सहभागी भएकाहरूप्रति एनआरएनए कतारले आभार प्रकट गरेको छ ।

उक्त रक्तदानमा एनआरएनए कतारसहितका ६८ वटा संघसंस्थाको सहभागिता रहेको थियो ।