आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १६:४६ मा प्रकाशित (३ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।