आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा १,९५४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १६:३३ मा प्रकाशित (३ साल अघि) १९० पाठक संख्या

काठमाडौं । दसैँका कारण पिसिआर परीक्षणमा कमी आएसँगै दैनिक कोरोना संक्रमितको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय ५४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६३ हजार ३ सय ५४ पुगेको छ । संक्रमितमध्ये १ लाख २१ हजार ८ सय २४ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।