आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ

गोकर्णेश्वर खबर१२ कार्तिक २०७७, बुधबार १५:३८ मा प्रकाशित (३ साल अघि) २२८ पाठक संख्या

बागलुङ– दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ ।

समूहमा टीका लगाएका ती युवाले दशैँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।

गाउँभरिका वृद्धवृद्धासमेत जम्मा भएर उनीलगायत सबै गाउँका युवालाई टीका लगाइदिएका थिए । स्वाब दिएर होम क्वारेन्टाइनमा बसेका ती युवा रिपोर्ट नआउँदै वडा कार्यालयलाई कुनै जानकारी नदिई आएकाले गाउँ नै सङ्क्रमणको जोखिममा परेको निष्कर्षसहित बन्द गरिएको धम्जाका वडाध्यक्ष यामबहादुर श्रीसले जानकारी दिए ।

स्वाब दिएपछि कुनै लक्षण नदेखिएकाले उनीगाउँमा परिवारसँगै साथीसँगीसँग गाउँघरका खेलकूदलगायतका कार्यक्रममा पनि सहभागी थिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण प्रतिकार्य समन्वय समितिको आकस्मिक बैठकले गाउँमा पाँचभन्दा बढी भेटघाट, भेला र आवतजावत गर्न नपाउने निर्णय गरेको श्रीसको भनाइ छ ।

उनका अनुसार, मङ्गलबार साँझ ७ बजेदेखि आगामी कात्तिक १५ गते राति १२ बजे रातिसम्म अत्यावश्यक बाहेकका काममा रोक लगाइएको छ ।