आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

समुद्रको किनारमा मरे हजारौँ शिल्स : कुनै महामारीको आशंका !

गोकर्णेश्वर खबर११ कार्तिक २०७७, मंगलवार १६:१३ मा प्रकाशित (३ साल अघि) ५६२ पाठक संख्या

एजेन्सी । नामिबियाको समुद्री तटमा ७ हजार भन्दा धेरै शिल्स मरेका छन् । स्तनधारी जनावर शिल्स हजारौँको संख्यामा मरेपछि वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् । भाल्भिस बे शहर नजिकै शिल्स मरेको पाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रजनन्को समयमा एक्कासी हजारौँ शिल्स मरेपछि अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानमा संलग्नहरुले कुनै महामारीले वा केमिकलका कारण शिल्स मरेको अनुमान गरेका छन् । सेप्टेम्बर महिना शिल्सका लागि प्रजनन्को महिना हो ।

नामिबियाका डल्फिन प्राजेक्टका प्रमुख डा.टेस ग्रिडलीले अक्टोबर महिनाको पछिल्लो २ हप्तामा शिल्स मरेको जानकारी दिए । एक्कासी शिल्स मरेको विषयमा अहिले अनुसन्धान सुरु गरिएको छ । उनले मर्ने शिल्समा ससानो धम्बा देखिएको जानकारी दिए ।

नामिबियाका मत्स्य तथा समुद्री संशाधन मन्त्रालयका कार्यकारी निर्देशक एनिली हैफेनले शिल्स मर्ने कारणका विषयमा अहिले अनुसन्धान जारी रहेको बताएका छन् ।