आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

आज २०७७ कात्तिक ११ गते मंगलबारको राशिफल

गोकर्णेश्वर खबर११ कार्तिक २०७७, मंगलवार ०६:२० मा प्रकाशित (३ साल अघि) ४६० पाठक संख्या

आज २०७७ कात्तिक ११ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् ।  अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) 

बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुनेछ ।